Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

संवैधानिक परिषद्‍मा सहज बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजिएको हो : राजेन्द्र लिङ्देन

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

भदौ २५, काठमाडौं । संवैधानिक परिषद्‍मा सहज बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिप्पणी गरेका छन् ।

उनले आज मंगलबार झापामा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमालेसहितका सत्तारुढ दलहरु संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाउने तयारीमा लागेको बताएका हुन् ।

यस विषयमा बोल्दै लिङ्देनले भने कांग्रेस र एमालेको बैठक र सरसल्लाह के भइरहेको छ रे भने संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अफ्ठ्यारो पार्‍यो । बहुमत पुगेन रे, बहुमत नपुगेपछि बहुमत पुर्‍याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुपर्‍यो भन्दा उपसभामुख हटाउन महाअभियोग लगाउनुपर्‍योरे।’

  • न्युज बहार संवाददाता

थप