Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विपद्को समय राहत र उद्धारमा खटिनु पर्छ, भीआइपीको भिजिट म्यानेजमेन्टमा होइन : गगन थापा

  •   ३ वर्ष अघि | १८ कार्तिक २०८०, शनिबार

कार्तिक १८, पोखरा । विपद्को समय राहत र उद्धारमा खटिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । उनले आज पोखरामा पत्रकारहरूसँग कुरा गर्दै यस समयमा धेरै भीआइपीको भ्रमण हुन सक्ने भन्दै त्यहीँ पुग्ने होडबाजी छोडेर राहत र उद्धार तिर ध्यान दिन आग्रह गरेका हुन । 

उनले भने ‘त्यहाँका मासिनहरु हामफालेर बाँच्यौँ भनेका छन्, यस्तो अवस्थामा सबैको ध्यान राहत र उद्धारमा हुनुपर्छ । भयावह अवस्था छ त्याहाँका अस्पताल भरिएका छन, कसरी चाँडो भन्दा चाँडो राहत प्राप्त गर्न सकिन्छ भनेर कुरेर बसेका छन्।’

थापाले भुकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री गएको विषयमा बोल्दै भने ‘प्रधानमन्त्री त्याहाँ जानुभएको छ, उहाँ जानु ठिक हो । यससँगै सबै कुरा परिचालित पनि होस् । तर हाम्रो राहतको बेलाको नमिठो अनुभव पनि बिगतको रहेको छ । अब मन्त्रीहरू जाने र मान्छे मात्रै पुग्ने ध्यान भयो भने भीआइपीको भिजिट म्यानेजमेन्टमा सुरक्षा संयन्त्र व्यस्त हुन्छन् । प्रधानमन्त्री जानु भनेको सिङ्गो देशको प्रतिनिधि जानु हो । अब त्यहाँ राहत र उद्धारको कामहरू हुनुपर्‍यो ।’ 

  • न्युज बहार संवाददाता

थप