चैत ८, काठमाडौँ । क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अपिल गरेका छन् ।
सभापति
लामिछानेले आज शुक्रबार उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त
प्रतिक्रिया दिने क्रममा यस्तो बताएका हुन् ।
लामिछानेले
उच्च अदालतबाट निस्कने क्रममा सरकार नांगिएको हुनाले सरकारकै लाज छोप्नका लागि
अदालतहरूमा हिँडेको समेत बताएका छन ।
- न्युज बहार संवाददाता