असार ५, काठमाडौँ । उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिसा प्रकरण एकै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताएका छन् ।
सांसद झाले
आज बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखले लेखेको पत्र
संसद परिसरभन्दा बाहिर नै ननिस्किएको र उपसभामुखले तत्काल गल्ती स्वीकार गरेर
आगामी दिनमा यस्तो नहुने प्रतिवद्धता गरेको स्मरण गराएका हुन ।
उनका
अनुसार नेपाली कांग्रेसले हाल भिजिट भिसा प्रकरणमा गृहमन्त्री तानिँदा बचाउमात्र
गरेको तर कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फसमेत ध्यान नदिएको आरोप
लगाएका छन ।
- न्युज बहार संवाददाता