Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारले जिबि राईलाई पक्राउ गर्न सम्पूर्ण शक्ति लगाएको छ : गृहमन्त्री

  •   ३ वर्ष अघि | ११ चैत्र २०८०, आइतवार

चैत ११, काठमाडौँ । जिबि राईलाई पक्राउ गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन्।

चितवनमा आज आइतबार पत्रकारहरूसँग बोल्दै मन्त्री लामिछानेले अगाडिका मन्त्रीले जे-जे गरेपनि आफू आएपछि जिबि राईलाई पक्राउ गर्न पूरै शक्ति लगाइरहेको बताएका हुन्।

नमिल्ने उनको भनाइ अनुसार केकेसरी प्रकृया अगाडी बढेको छ भन्ने बारे अहिले नै भन्न नमिल्ने अवस्था रहेको छ ।

मन्त्री लामिछानेले भने ‘अगाडि नै प्रोसेस भनिदियौँ भने त अप्ठ्यारो होला, जस्तै हिजो पक्राउ पर्नुभयो अघिल्लो दिनसम्म त तपाईहरूलाई थाहा थिएन, भोलिपल्ट एकैचोटी थाहा पाउनुभयो नी त्यस्तै हुन्छ।’   

मन्त्री लामिछानेले प्रधानमन्त्रीद्वारा पनि कानुनले जे भन्छ त्यही गर्नू भन्ने स्पष्ट निर्देशन रहेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप