Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

संसद् सचिवालयबाट लिएको उपचार खर्च फिर्ता गर्ने रास्वपा संसद असीम शाहको घोषणा

  •   ३ वर्ष अघि | ७ माघ २०८०, आइतवार

माघ ७, काठमाडौँ । संसद् सचिवालयबाट लिएको उपचार खर्च फिर्ता गर्ने घोषणा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले गरेका छन् ।

उनले यसको घोषणा सामाजिक सञ्जालमार्फत गर्दै आफूले बिरामी भई सदनमा अनुपस्थित भएको बेला प्रमाणस्वरुप अस्पतालमा जाँच गरेको रिपोर्ट बिल पेस गरेको तर भरपाई पैसा नमागेको दाबी गरेका छन् । 

सांसद शाहले सामाजिक सञ्जालमा यसबारे यस्तो लखेका छन्– ‘सदनमा बिरामी भई अनुपस्थित हुनेले प्रमाण स्वरूप जाँचेको रिपोर्ट बिल बुझाउन पर्ने प्रक्रियागत कुरा हो, त्यो प्रक्रिया इमानदारीपूर्वक पुरा गरेको हुँ । भरपाई पैसा मागेको पनि होइन र सांसदको तलब खातामा हाल्दिएको कुरा पनि थाहा छैन, पत्ता लगाइ दिएर सहयोग गरी दिनु हुने मिडियालाई धन्यवाद । भोलि बैंक स्टेटमेन्ट चेक गर्छु र ४९४२ जम्मा भएको रहेछ भने पनि राज्यलाई फिर्ता गर्ने छु । संसदमा नयाँ हुनुका दुःख पनि अनेक छन् है । कुरो यत्ति हो। प्रश्नका लागि धन्यवाद ।’

  • न्युज बहार संवाददाता

थप