Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रवि लामिछाने भन्छन ‘देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन’

  •   ३ वर्ष अघि | ३० भदौ २०८०, शनिबार

भदौ ३०, काठमाडौँ । देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।

उनले शनिबार  गोरखा सदरमुकाममा आयोजित आमसभामा एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताएका हुन ।आम सभामा उनले भने ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न, बनाउन हिँडेका हौँ।’

उनको भनाइ अनुसार नेपाली जनताले रास्वपालाई आशा र भरोसाको रुपमा हेरेको छन ।

सभापति लामिछानेले रास्वपाको देशलाई समृद्ध बनाउने अभियान रहेको उल्लेख गर्दै क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए।

  • न्युज बहार संवाददाता

थप