Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सोर्स फोर्स लाउन आउनेका लागि मेरो ढोका बन्द हुन्छ : गृहमन्त्री रवि लामिछानेले

  •   २ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । नेपालमा भीआईपी कल्चर अन्त्य हुनुपर्ने उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बताएका छन् । लामिछानेले आज आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि प्रदेशका डीआईजीहरु र देशभरका जिल्ला प्रहरी प्रमुखलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गरेका छन  ।

भिडियो कन्फेरेन्समार्फत उनले भने– ‘भीआईपी संस्कार अन्त्य गर्नुपर्छ, मलाई एउटा पिएसओ मात्र दिए पुग्छ

गृहमन्त्री लामिछानेले प्रहरीमा बढुवा सरुवा हुन मन्त्रीको धाउनुपर्ने व्यवस्थाको अन्त्य गरिने घोषणा गरेका छन् । आफू पहिलोपटक गृहमन्त्री हुँदा वर्तमान आईजीपी वसन्त कुँवरलाई भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको उदहरण पेस गर्दै उनले भने सरुवा र बढुवाका लागि मन्त्रीसचिवको ढोका चहार्ने प्रथाको अन्त्य गर्नुपर्छ र गर्छु।’

यसैबिच लामिछानेले प्रहरी अधिकृतहरू निजी फाइदाका लागी आफूकहाँ आएमा ढोका बन्द गरिने समेत आजको कन्फेरेन्स मार्फत जानकारी दिएका छन । यस विषयमा उनले उनले भने– ‘सोर्स फोर्स लाउन आउनेका लागि मेरो ढोका बन्द हुन्छ ।

  • न्युज बहार संवाददाता

थप