मंसिर २५, काठमाडौँ । रूसी सेनामा करिब २००
नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको प्रधानमन्त्री पुष्पकमल दाहाल
प्रचण्डले बताएका छन् ।
आज सोमबार प्रेस
सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय
पेरिस डाँडामा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका
करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी
भइरहेको बताएका छन ।
उनले भने ‘रूसी सेनामा पनि नेपाली युवाहरु
गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना
मरेको त औपचारिक ढंगले जानकारी आएको छ भने अब २०० भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ।’
- न्युज बहार संवाददाता