Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरेमा गृहमन्त्रीले स्वाभाविक रूपमा पद त्याग गर्नुपर्छ : विश्वप्रकाश शर्मा

  •   १ वर्ष अघि | २१ जेष्ठ २०८२, मङ्लबार

जेठ २०, काठमाडौँ । संसदमा प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर हुनुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । 

महामन्त्री शर्माले आज नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरूले राखेको विषयलाई प्रधानमन्त्रीले गम्भीर भएर संवाद गर्नुपर्ने बताएका हुन् । 

उनका अनुसार भिजिट भिसा प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सबैमाथि छानबिन हुनुपर्छ ।

अख्तियारले यस प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धान गरेको खण्डमा स्वाभाविक रूपमा गृहमन्त्रीले पद त्याग गर्नुपर्ने हुन्छ तर अहिले गृहमन्त्रीमाथि नभइ कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको उनले उल्लेख गरेका छन । 

  • न्युज बहार संवाददाता

थप