Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ज्ञानेन्द्र शाह कुशको मात्र राजा हुन : केपी शर्मा ओली

  •   ३ वर्ष अघि | १४ माघ २०८०, आइतवार

माघ १४, काठमाडौँ । ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्, अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’ 

उनले दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको बताएका छन ।

यसबारे बोल्दै उनले ‘त्यसबेला पनि छानबिन गरिएको हो। तर राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति यस्तो रह्यो- त्यसबेलाका हाम्रा महासचिव माधवकुमार नेपाल उहाँ आफैँ छानबिन समितिमा बस्नुभएको थियो, यो ड्रामामा सामेल नहोऊ भनेर हामीले फिर्ता गर्‍यौँ ।’

ओलीले दरबार हत्याकाण्ड राजनीतिक दलहरूले नगरेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप