Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अमेरिकी राजदूतसँग सन्दीप लामिछानेलाइ भिसा नदिएकोबारे प्रस्टीकरण सोध्नुपर्ने ज्ञानबहादुर शाहीको माग

  •   २ वर्ष अघि | २३ जेष्ठ २०८१, बुधबार

जेठ २३, काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषयलाई आज पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदमा उठाएका छन् ।

सचेतक शाहीले आज बुधबारको बैठकको शून्य समयमा बोल्दै प्रमुख टी–२० विश्वकपमा लामिछानेको ठुलो आवश्यकता महसुस भएको भन्दै अमेरिकी राजदूतसँग भिसा नदिएकोबारे प्रस्टीकरण सोध्नुपर्ने बताएका हुन ।

उनले प्रश्न गर्दै भने ‘नेपालले हिजो १० वर्षपछि टी–२० विश्वकप खेल्यो । नेपालको चन्द्र–सूर्य झण्डा सञ्चार भर फरफरायो । तर, बिडम्बना हामीले हिजो खेल हार्‍यौँ, सम्माननीय सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु – हिजोको खलेमा सन्दीप लामिछानेको ठुलो आवश्यकता महसुस भयो । उच्च अदालत पाटनले सफाइ दिएको, क्यानले स्वीकृत गरेको, आइसीसीले स्वीकृत गरेको एउटा खेलाडीलाई अमेरिका आयोजक देशले भिसा किन दिएन ? सरकारले त्यो देश अमेरिकाको राजदूतलाई प्रष्टीकरण  किन नलिएको ?’ 

उनले अगाडी भने ‘सरकारले यसको जवाफ दिनुपर्छ, याहाँ सन्दीप लामिछाने एउटा व्यक्तिको कुरा होइन, नेपाली क्रिकेट टिमको खेलाडी हो, नेपालको प्रतिनिधित्व गरेर विश्वकप खेल्न जाने हो, कुनै क्लबको खेल खेल्ने जाने होइन , त्यो भएकोले देशको जिम्मा हुन्छ ।’

  • न्युज बहार संवाददाता

थप