Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानकै कारण जनतामा आशाको किरण प्रवाह भएको छ : प्रधानमन्त्री प्रचण्ड

  •   ३ वर्ष अघि | २३ मंसिर २०८०, शनिबार

मंसिर २३, काठमाडौँ । आफू प्रधानमन्त्री भए लगत्तै सामाजिक न्याय र सुशासनलाई लक्ष्य बनाएर काम गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । 

उनले आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै गर्दा विभिन्न खालका जटिलता भोग्नुपरेको बताएका छन। 

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण उपदेश दिएजस्तो सजिलो नभएको भन्दै यसका लागि दीर्घकालीन रणनीतिक सोचको विकास गर्न आवश्यक रहेको समेत बताएका छन । 

प्रचण्डका अनुसार सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानकै कारण पछिल्लो समय आम जनतामा आशाको किरण प्रवाह भएको हो । 

  • न्युज बहार संवाददाता

थप