Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली चलचित्र ‘महाजात्रा’ हेरेपछी डा. बाबुराम भट्टराईले भने ‘फिल्मको पुछारको सन्देश मलाई निजी रूपमा बढी घत पर्यो’

  •   २ वर्ष अघि | २१ चैत्र २०८०, बुधबार

चैत २१, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले प्रदर्शनरत नेपाली चलचित्र ‘महाजात्रा’ हेरेका छन । उनले चलचित्र हेरिसकेपछी चलचित्रको पुछारको सन्देशले आफूलाई निजी रूपमा बढी घत परेको बताएका छन ।

उनका अनुसार चलचित्रमा भावुकता, मनोरञ्जन र सामाजिक तथा राजनीतिक सन्देशको उचित संयोजन सहित उत्कृष्ट प्रस्तुति रहेको छ ।

फिल्मा विषयमा उनले भने ‘वैचारिक हिसाबले मानिस र समाजको भ्रष्ट र आपराधिक प्रवृत्तिलाई उपदेशबाट हैन उपयुक्त सङ्घर्षको माध्यमबाट वा “जस्तालाई तस्तै” को तरिकाले मात्र निस्तेज वा रूपान्तरण गर्न सकिन्छ भन्ने फिल्मको पुछारको सन्देश मलाई निजी रूपमा बढी घत परेको छ।’ 

  • न्युज बहार संवाददाता

थप