फागुन १७, काठमाडौँ । बिहीबार नेपाली बजारमा चाँदीको मूल्य स्थिर रहदाँ
सुनको मूल्य बढेको छ ।
यसदिन सुनको
भाउ प्रतितोला दुई सय रूपैयाँले बढेको हो ।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, बिहीबार नेपाली बजारमा चाँदीको मूल्य स्थिर रहेको छ।
स्थिर रहेको चाँदीको
मुल्य आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता