कार्तिक
२०, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य
स्थिर रहेको छ।
आज
आइतबार तुलनामा प्रतितोला पाँच सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी
सुन प्रतितोला एक लाख १४ हजार आठ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
हिजो आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता