पुस १७, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुबैको मूल्य बढेको छ।
अघिल्लो
दिनको तुलनामा सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २०
हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
।
त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको
छ।
मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ६० रूपैयाँमा
किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता