चैत १३, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन तथा चाँदी दुबैको
मूल्य घटेको छ।
आज सुनको
मुल्य प्रतितोला तीन सय रूपैयाँले घटेको हो ।
आज
छापावाल सुन प्रतितोला एक लाख २६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख २५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज मंगलबार नेपाली बजारमा
चाँदीको मूल्य पनि घटेको छ ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको हो ।
चाँदी मंगलबार प्रतितोला १५ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ ।
- न्युज बहार संवाददाता