माघ १७, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदी
भने स्थिर रहेको छ।
अघिल्लो
दिनको तुलनामा सुनको भाउ यस दिन प्रतितोला एक सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १८ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य स्थिर रहेको छ।
स्थिर रहेको चाँदी आज प्रतितोला एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता