बैशाख ११, काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुन र चाँदीको मुल्य घटेको छ ।
यस दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार सात सय
रूपैयाँले घटेको हो।
आज छापावाल
सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४
हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि
घटेको छ।
आज चाँदी प्रतितोला ४५ रूपैयाँले घटेको हो ।
चाँदी मंगलबार प्रतितोला १६ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता