मंसिर २६, काठमाडौँ । आज मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै
उच्च भइ रेकर्ड कायम गरेको छ।
आज मंगलबारको
लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ १४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७४ पैसा
तोकिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड स्टर्लिङ एकको
खरिददर आज १६७ रूपैयाँ ४८ पैसा र बिक्रीदर १६८ रूपैयाँ २३ पैसा तोकिएको छ।
आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४३
रूपैयाँ ९८ पैसा तोकिएको छ।
त्यसैगरी, यसदिन क्यानेडियन डलर एकको
खरिदमा भने ९७ रूपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३६ पैसा पाइनेछ।
त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिदमा
भने ८७ रूपैयाँ ३१ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७१ पैसा पाइन्छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५०
पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ।
यस्तै, आज कतारी
रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइनेछ। मलेसियन
रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ४३ पैसा र बिक्रीमा २८ रूपैयाँ ५६ पैसा पाइन्छ।
त्यसैगरी, आज
बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७६ पैसा
तोकिएको छ।
यसदिन युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६
रूपैयाँ ४२ पैसा पाइनेछ।
आज कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६० पैसा र बिक्रीमा ४३३
रूपैयाँ ५५ पैसा पाइन्छ।
- न्युज बहार संवाददाता