असार १०, काठमाडौँ । नेपाली बजारमा लिचीको मूल्य बढ्न थालेको छ।
कालीमाटी
फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकका अनुसार आज कालीमाटी बजारमा लिची
प्रतिकिलो न्यूनतम दुई सय ५० देखि दुई सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। जसको औसत मुल्य प्रतिकिलो २६०
हुन्छ।
एक
साताअघिको तुलनामा लिची प्रतिकिलो ४० देखि ६० रूपैयाँसम्म महँगो भएको हो।
एक
साताअघि सम्म कालीमाटी बजारमा लोकल लिची एक सय ७० देखि एक सय ९० रूपैयाँमा किनबेच
भइरहेको थियो भने भारतिय लिची एक सय ६० देखि एक सय ७० रूपैयाँमा कारोबार भएको
थियो।
तर त्यसपछीको तथ्यांकले नेपाली बजारमा भारतीय लिची आएको
देखाएको छैन।
- न्युज बहार संवाददाता