असार २०, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ।
यसदिन सुनको
भाउ प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ४३ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
नेपाली बजारमा आज चाँदीको
मूल्य पनि बढेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रूपैयाँले बढेको हो।
आज चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार
भइरहेको महासंघले
जनकारी दिएको छ ।
- न्युज बहार संवाददाता