बैशाख २, काठमाडौँ । आइतबार नेपाली बजारमा सुन र चाँदी दुबैको
मूल्य घटेको छ ।
आज आइतबार
सुनको मुल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले घटेको हो ।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार आठ सय
रूपैयाँ र तेजाबी
सुन प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
आज आइतबार
नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला ५० रूपैयाँले घटेको हो।
आइतबार
बजारमा चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको
छ ।
- न्युज बहार संवाददाता