जेठ ११, काठमाडौँ । शुक्रबार साताको अन्तिम दिन नेपाली बजारमा सुन
र चाँदीको मूल्य घटेको छ ।
शुक्रबार
सुनको मुल्य प्रतितोला एक हजार आठ सय रूपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी
सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी
आज शुक्रबार
चाँदीको मूल्य पनि घटेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको हो ।
आज चाँदी प्रतितोला १८ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता