फागुन १३, काठमाडौँ । आइतबार साताको पहिलो दिन नेपाली बजारमा सुन–चाँदीको भाउ बृद्धी छ।
सुनको
मूल्य यस दिन प्रतितोला पाँच सय रूपैयाँले बढेको छ ।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज आइतबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ।
चाँदी आइतबार प्रतितोला पाँच रूपैयाँले बढेर १४ सय रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता