Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बढ्यो अण्डाको मुल्य, प्रतिक्रेट कति पुग्यो?

  •   २ वर्ष अघि | २७ मंसिर २०८१, बिहिबार

मंसिर २७, काठमाडौँ । नेपाली बजारमा अण्डाको मुल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघद्वारा कुखुराको अण्डाको मूल्य बढेको जानकारी दिइएको छ । संघको आज भर्चुअल माध्यमबाट बसेको बैठकले शुक्रबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो । चितवनलाई आधारमानी संघ भोली शुक्रबारबाट अण्डाको नयाँ मुल्य लागु हुने जनाएको छ ।

नयाँ मुल्य अनुसार शुक्रबारबाट मध्यम अण्डा ४७० रुपैयाँ प्रतिक्रेट र ठूलो अण्डा प्रतिक्रेट ४८५ रुपैयाँमा पाइने छ । संघका अनुसार चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेट सहित प्रति पेटि १४० रुपैयाँ थप लाग्ने समेत जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप