कार्तिक
२४, काठमाडौँ । शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य बृद्धी भएको छ।
आज सुनको भाउ प्रतितोला एक हजार
रूपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख १४ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५०
रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य
पनि बढेको छ।
शुक्रबार
चाँदी प्रतितोला २० रूपैयाँले बढेर १४ सय रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता