साउन १०, कैलाली । कैलाली जिल्लाका किसानले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिदैँ आएका छन । लामो समयदेखि कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका
शेरुराम चौधरीले व्यावसायिक तरकारी खेती गर्दै आएकाछन् । कृषक चौधरीले तरकारी खेतीबाट वार्षिक रु छ लाख बचत गर्ने गरेका छन ।
चौधरीका अनुसार विगत २६ वर्षदेखि परम्परागत रुपमा तरकारी
खेती गर्दै आएकोमा पछिल्ला केही वर्षयता व्यवसायलाई व्यवस्थित र विस्तार गर्दै लगेका छन । उनले अहिले १५ कठ्ठा जग्गामा तरकारी खेती विस्तार गरिसकेका छन र उक्त वर्षभरिमा सबै खर्च कटाएर रु छ लाखसम्म बचत हुने गरेको छ ।
उनले वर्खा याम सुरु भएदेखि अहिलेसम्म रु एक लाख ५० हजारको तरकारी बिक्री गरिसकेका छन । अहिले दैनिक ५० देखि
६० किलो तरकारी बिक्री हुने गरेको छ ।
- न्युज बहार संवाददाता