Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सम्बन्धित संस्थाद्वारा अण्डाको लागत मूल्यको खोजी

  •   २ वर्ष अघि | १३ जेष्ठ २०८१, आइतवार

जेठ १३, चितवन । कुखुरा पालक किसानले पछिल्ला वर्षहरुमा अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी कार्य भएका छन् ।

अधिकांश किसानले न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि आफु विस्थापित हुन थालेको गुनासो गर्दै आएकाले लागत मूल्यको खोजी गरिएको हो ।

नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा रेवन्त भट्टराई, पोल्ट्री विज्ञ डा.तिलचन्द्र भट्टराई, डा सुविर सिंह, उपप्राध्यापक डा अनन्त दाहाल र डा विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो ।

अण्डा प्रतिगोटा १६ दशमलव ५६ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको जानकारी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले दिएका छन

किसानले फार्म मूल्यमा हाल सरदर रु १५ दशमलव ३३ पाउने गरेका छन् । अहिले किसानले पाएको मूल्य हालसम्मकै बढी रहेको जनाइएको छ । 

  • न्युज बहार संवाददाता

थप