मंसिर २०, काठमाडौँ । न्यूरोडको सुन पसलमा छापा मारेर प्रहरीले झण्डै ७ किलो ८ सय ग्राम सुन बरामद गरेको छ ।
मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले तस्करीको सुन गालेर पाण्डेले गहना बनाई बेच्ने गरेको सूचना पाएको थियो । त्यही सुचनाका आधारमा प्रहरी टोली त्याहाँ पुगेर छापा मार्दा सुन बरामद गरेको हो । प्रहरीका अनुसार केही सुन ढिक्कामा छन् भने केही गहना समेत बरामद गरीएको छ ।
- न्युज बहार संवाददाता