Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

ध्यु र तेलको मुल्य सबै भन्दा धेरै वृद्धी, वैशाख महिनामा महँगीदर २.७७ प्रतिशत

  •   १ वर्ष अघि | २८ जेष्ठ २०८२, मङ्लबार

जेठ २७, काठमाडौँ । उपभोक्ता मुद्रास्फीति अर्थात महँगीदर वैशाख महिनामा २.७७ प्रतिशत रहेको छ।

यो दर अघिल्लो वर्षको सोही महिनामा ४.४० प्रतिशत रहेको थियो।

वैशाख महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले जनाएको छ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेलको मूल्य सूचकांक ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ।

त्यसैगरी तरकारीको मूल्य सूचकांक ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछामासुको ०.४८ प्रतिशतले घटेको छ।

क्षेत्रगत मुद्रास्फीतिमा काठमाडौँ उपत्यकाको मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको छ।

त्यस्तै ग्रामीण क्षेत्रमा ३.२१ प्रतिशत र सहरी क्षेत्रमा २.६१ प्रतिशतले मूल्य सूचकांक बढेको छ।

  • न्युज बहार संवाददाता

थप