असोज ६, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
सुनको
मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
सुनको
मुल्य आज प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला
एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बृद्धी भएको
छ । बढे
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला पाँच रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य
प्रतितोला एक हजार नौ सय २० रूपैयाँ पुगेको छ।
शुक्रबार
चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो।
- न्युज बहार संवाददाता