भदौं ५, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुग्न सफल भएको हो।
मंगलबारको तुलनामा आज बुधबार सुनको भाउ प्रतितोला आठ सय रूपैयाँले
बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार
भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज बुधबार चाँदी चाँदीको मूल्य पनि बृद्धी भएको छ ।
आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेको छ ।
चाँदि आज प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ
।
- न्युज बहार संवाददाता