फागुन १४, काठमाडौँ । सोमबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ।
यसदिन सुनको
मूल्य प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, सोमबार नेपाली बजारमा चाँदीको
मूल्य पनि घटेको छ।
चाँदीको मुल्य सोमबार प्रतितोला ५ रूपैयाँले घटेको हो ।
सोमबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता