मंसिर
२६, ललितपुर । सामाजिक अभियन्ता 'ईः' का
विरुद्ध ललितपुरका स्थानीयले प्रदर्शन गरेका छन् ।
'ई: ले ललितपुर
महानगरपालिकाको फुटपाथमा व्यापार गर्न नदिने निर्णयलाई ध्यानाकर्षण गराउन आज
मंगलबार १०८ मिनेट उभिने निर्णय गरेका थिए । तर 'ई: यो निर्णय विरुद्ध स्थानीय
नै विरोधमा उत्रिएका हुन् ।
फुटपाथमा
हिँड्न पाउनु पैदल यात्रीको पहिलो अधिकार भएको ब्यानरसहित स्थानीयले प्रदर्शन
गरेका छन्।
ब्यानरसहित विरोधमा उत्रिएका स्थानीयले पैदल यात्रीको फुटपाथमा हिँड्न पाउने अधिकार हनन नगर्न समेत माग गरेका छन् ।
- न्युज बहार संवाददाता