कार्तिक
२७, पोखरा । मुस्ताङस्थित
कोरला नाका २०७६
चैतदेखि ठप्प रहेको थियो । उक्त बन्द नाका आज सोमबारदेखि खुलेको छ।
उत्तरी
मुस्ताङका नागरिकहरूमा नाका खुलेसँगै खुसीयाली छाएको छ । मुस्ताङका नागरिकहरू सोमबार
नै सरकारले वितरण गरेको सीमा पार पास देखाएर चीनतर्फ गएका छन् ।
१ हजार
हाराहारीमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले सीमा पार पास वितरण गरेको छ । प्रमुख
जिल्ला अधिकारी जनकराज पन्तले केही पास अझै वितरणको चरणमा रहेको जानकारी दिएका छन
।
- न्युज बहार संवाददाता