चैत ७, काठमाडौँ । आज बुधबार साताको चौथो कारोबा दिन नेपाली बजारमा
सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ केही घटेको छ।
यस दिन सुनको
भाउ स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज बुधबार चाँदीको मूल्य भने सामान्य
घटेको छ ।
आज चाँदी
प्रतितोला ५ रुपैयाँले घटेको हो ।
बुधबार
चाँदी प्रतितोला एक हजार पाँच सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता