असार २४, काठमाडौँ । आज मंगलबार तरकारी बजारमा रहेको रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएको छ।
मंगलबार
तरकारीमा विषादी जाँच गर्ने क्रममा रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएको कालीमाटी
फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले जनाएको छ। भक्तपुरका एक किसानको बारीबाट ल्याएको रायो सागको
नमूना परीक्षण गर्दा सागमा विषादीको मात्रा (रोकावट प्रतिशत) ८२.७८ प्रतिशत
भेटिएको छ।
जाँच गर्दा रोकावट प्रतिशत
४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ।
- न्युज बहार संवाददाता