Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मुल्य हाल सम्मकै उच्च बिन्दुमा

  •   २ वर्ष अघि | २२ जेष्ठ २०८१, मङ्लबार

जेठ २२, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

आज मंगलबार सुन प्रतितोला एक हजार सात सय रूपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि मंगलबार बढेको छ।

नेपाली बजारमा आज चाँदी प्रतितोला २५ रूपैयाँले बढेर प्रतितोला १८ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप