माघ २, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन
र चाँदीको
मूल्य सामान्य गिरावट आएको छ।
अघिल्लो
दिनको तुलनामा सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ।
आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १४ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता