Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एकै जिल्लाबाट रु एक अर्बभन्दा बढी मूल्यको अलैँची निर्यात

  •   २ वर्ष अघि | १० माघ २०८१, बिहिबार

माघ १०, सङ्खुवासभा । रु एक अर्बभन्दा बढी मूल्यको अलैँची सङ्खुवासभा जिल्लाबाट चालु आर्थिक वर्षमा निर्यात भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सङ्खुवासभाका प्रमुखका अनुसार चालु आवमा सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २४ करोड भित्रिएको हो ।

गत वर्ष जिल्लाबाट एक अर्ब २० करोड रुपैयाँको सात सय ८० मेट्रिकटन अलैँची निर्यात भएको  थियो ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय नेपाली अलैँचीको माग र मुल्य दुबै बढेको छ । केही कारणले अलैँचीको उत्पादन भने घटेको देखीएको छ।  तर उत्पादन घटे पनि माग बढी हुँदा अलैँचीको मूल्य वृद्धि भएको हो ।

 

  • न्युज बहार संवाददाता

थप