बैशाख ४, काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मुल्य हालसम्मकै
उच्च बिन्दुमा पुगेको छ ।
आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । ज सुन सोमबारको तुलनामा सुनको
मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँ र तेजाबी
सुन प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ।
चाँदी आजप्रतितोला
एक हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता