Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तिहारको समयमा झिनियाँको माग बृद्धी, झिनियाँ बेचेर लाखौँ आम्दानी

  •   ३ वर्ष अघि | २५ कार्तिक २०८०, शनिबार

कार्तिक २५, बागलुङ। तिहारको समयमा झिनियाँको खपत अत्यधिक मात्रामा हुने गर्दछ।  सोही मागलाई लक्षित गर्दै यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । 

झिनियाँलाई तिहारमा अत्यावश्यक परिकारका रुपमा लिने गरिन्छ। महिला उद्यमीले लिहारको समयमा झिनियाँ सहित विभिन्न रोटीका परिकार बनाएरै मनग्य आम्दानी गर्दै आएका छन् । घरमै बनाउने रोटीका परिकारसमेत झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि स्थानीयले खरिद गरेर लैजान थालेपछि अहिले घरेलु महिला उद्यमी व्यस्त यही उत्पादनमा व्यस्त भएका छन् । 

बागलुङ बजारका महिला उद्यमीले रोटीका परिकार बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । १० वर्षदेखि बागलुङ नगरपालिका–१ रामरेखामा झिनियाँ उत्पादन गर्दै आएको शर्मिला श्रेष्ठले बागलुङमा तिहार नजिकिएसँगै झिनियाँ, फिनी, चिनि, भेलीलगायतका रोटीका परिकारको बनाउन व्यस्त भएको बताइन् । उनले भनिन “तिहार नजिकिँदै आएसँगै झिनियाँको कारोबार उच्च छ अहिले म जस्ता दर्जनौँ महिला झिनियाँसहितका रोटीका परिकार निर्माण गरेर बिक्री गरि मनग्य आम्दानी गरिरहेका छौँ, अहिले तिहारमा मात्रै झिनियाँ सहित अन्य तयारी रोटीको कारोवार चार-पाँच लाखको हुन्छ ।”

एकातर्फ यहाँका महिला उद्यमीलाई हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन भ्याइनभ्याइ परेको छ भने अर्को तर्फ यसै सिजनको व्यापारमा कमाएको रकमले वर्षभरी घरखर्च पुग्ने उद्यमीहरुको भनाइ पनि छ । 

  • न्युज बहार संवाददाता

थप