मंसिर
१८, काठमाडौँ । सोमाबर नेपाली बजारमा सुनको मुल्यले नयाँ किर्तिमान कायम गरेको छ ।
आज सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
आज फेरि
सुनको मूल्य बढेको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघले तोलामा ८००
रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।
यससँगै, आज सुनको मूल्यले नयाँ
कीर्तिमान कायम भएको छ । हिजो तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै मूल्यले नयाँ
कीर्तिमान बनाएको थियो । आज पनि मूल्य थप बढ्दै नयाँ कीर्तिमान बनेको हो ।
आज
छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँमा
किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी
नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १५ सय ४५
रुपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता