असोज १३, काठमाडौँ । व्यापारीहरुले
तरकारीको मूल्य मनलाग्दी तोकेका छन् । देशभरी बाढी पहिरोको विपत्तीका बिच तरकारीका
व्यापारीहरुले तरकारीको मुल्य आफु खुसी बृद्धी गरेका छन ।
एक खुद्रा
व्यापारीका अनुसार आज बिहान टुकुचाका केही व्यापारीहरुले धनियाँलाई प्रतिकेजी आठ
सय रुपैयाँसम्ममा बेचेका छन ।
बढी
पहिरोका कारण सडक अवरुद्ध हुँदा नयाँ तरकारी उपत्यका बाहिरबाट राजधानी काठमाडौँ आउन
सकेका छैन । उपभोक्ताका अनुसार पहिलेदेखि स्टक भएका तरकारीको पनि व्यापरीले
मनलाग्दी मूल्य तोकिएका छन ।
अधिकांश
तरकारीको मूल्य कालिमाटीको तरकारी तथा फलफूलको थोक बजारमा पनि बढेको छ । त्यहाँको
मूल्य सूचीअनुसार आज झण्डै १४२ प्रतिशतले लोकल गोलभेँडाको मूल्य बढेको छ ।
- न्युज बहार संवाददाता