चैत २३, काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली
बजारमा सुन तथा चाँदी दुबैको मूल्य घटेको छ।
बिहीबार हालसम्मकै
उच्च विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ३२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ३२ हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
शुक्रबार
नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ ।
यस दिन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँले
घटेको हो ।
आज चाँदी प्रतितोला एक हजार ६ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता