चैत २८, काठमाडौँ । आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले
पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आज सुनको
मुल्य प्रतितोला पाँर सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य पनि बृद्धी भएको छ।
आज
चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ पुगेको हो ।
- न्युज बहार संवाददाता