Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पुस १५ गते सोमबार भृकुटीमण्डपमा च्याउ मेला हुँदै

  •   २ वर्ष अघि | १४ पुस २०८१, आइतवार

पुस १४, काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा भोली पुस १५ गते सोमबार च्याउ मेला आयोजना हुने भएको छ।

च्याउ उत्पादक किसान संघ, नेपालले राष्ट्रिय च्याउ दिवसको अवसर पारेर च्याउ मेला आयोजना गर्न लागेको हो।

संघका अनुसार युवालाई च्याउ उत्पादनमा प्रोत्साहन गर्न उक्त मेला आयोजना गर्न लागिएको हो ।

एकदिने च्याउ मेला बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म चल्ने र मेलामा ४० वटा स्टल रहने संघले जनाएको छ ।

मेलामा भिन्न-भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको पनि प्रदर्शनी गरिने छ। अवलोकनकर्ताहरूले मेलामा विभिन्न प्रकारका च्याउ किन्न पाउनुका साथै च्याउका परिकारहरूको पनि स्वाद लिन सक्ने जनाइएको छ ।

साथै मेलामा राष्ट्रिय कलाकारहरूको पनि उपस्थिति रहने र विशेष सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने छ । 

  • न्युज बहार संवाददाता

थप