जेठ ११, काठमाडौँ। आज भोटो
देखाउने जात्रा उपत्यकामा धुमधामले मानाईदै छ। करिब आठ सय वर्षअघिसम्म भोटो
जात्रालाई जावलाखेल जात्रा पनि भन्ने गरिन्थ्यो।
जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले बताए।
भूत, प्रेतहरुलाई खाना खान दिन यो जात्रा गरिएको विश्वास रहिआएको छ।
कीर्तिमदन जोशीले भोटो जात्रा सरू भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको बताउँछन। मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरू भएको उनको भनाई छ।
सरकारले यस अवसरमा आज उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ।
- न्युज बहार संवाददाता